घर र टहरा बनाउन तरुण दललाई दियो महासंघले निर्माणका औजारहरू
काठमाडौं । नेपाल तरुण दललाई नेपाल निर्माण व्यवसायी महासंघले भूकम्प प्रभावित जिल्लामा घर/टहरा निर्माणका लागि आवश्यक पर्ने निर्माणका औजारहरू उपलब्ध गराएको छ ।
शुक्रबार काठमाडौंमा तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई महासंघका अध्यक्ष रवि सिंहले निर्माणका औजारहरू हस्तान्तरण गरेका हुन् ।
घर/टहराहरू निर्माण गर्न जाने तरुणहरूका लागि आवश्यक पर्ने फलामको कराई, कोदालो र बिड, खन्ती, जावल, पिक वीड, करौती ठूलो, काँटी हम्बर, सावेल हेड मेटल हेन्डल, पिक, सेफ्टी हेलमेट नापे फिट लाईट, सेफ्टी ज्याकेट र गल तरुण दललाई महासंघले दिएको छ ।
सिंहले तरुण दललाई शुभकामना दिँदै जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित जनताको घर/टहरा निर्माणमा महासंघले उपलब्ध गराएका निर्माणका औजारहरूले सहयोगी भूमिका खेल्ने अपेक्षा लिएको बताएका छन् ।
तरुण अध्यक्ष गुरुङले निर्माण व्यवसायी महासंघ र अध्यक्ष सिंहद्वारा तरुणहरूको अभियानमा साथ र सहयोग गरिएकोमा धन्यावाद दिएका छन् ।
यसबीच, महासंघले आफ्नो १६औँ स्थापना दिवस २०८० को उपलक्ष्यमा काठमाडौंमा शुक्रबार बिहान बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
तरुण दलका अध्यक्ष गुरुङलाई भूकम्प प्रभावित जनताको सहयोगका लागि महासंघका अध्यक्ष सिंहले व्यक्तिगत तर्फबाट नगद एक लाख रुपियाँ दिने घोषणा पनि गरेका छन् ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया