अदालतको आदेशले एनसेलको हावा खुस्कियो, ठूलो घोटाला हुने खतरा
काठमाडौं । उच्च अदालत पाटनले एनसेलको सेयर खरिदबिक्री रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
बिहीबार उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरलगायतलाई एनसेलको सेयर बिक्री रोक्नका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
उच्च अदालत पाटनले एनसेल खरिद–बिक्री सम्बन्धमा परेको रिटमाथि सुनुवाइ गरेको थियो । अधिवक्ता गोकुलबहादुर रोकायाले रिट निवेदन दायर गरेका थिए ।
अन्तरिम आदेशका लागि दुवै पक्षलाई उच्च अदालत पाटनले मंसिर २५ गते बोलाएको छ ।
अन्तरिम आदेशका लागि छलफलमा आउँदा एनसेलको खरिद–बिक्रीबारे भएका निर्णय साथमा ल्याउन अदालतले आदेश दिएको छ ।
एनसेलले सेयर बिक्री गरेर ठूलो घोटाला गर्न लागेको छ । घोटाला गर्न लागेपछि विरोध भइरहेको छ । सरकारले पनि एनसेलको सेयर बिक्री प्रकरणमा छानविन गर्न समिति नै बनाइसकेको छ ।


बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया