प्रधानमन्त्रीद्वारा सभापति देउवा र अध्यक्ष नेपालसँग परामर्श
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दुई शीर्ष नेताहरूसँग परामर्श गरेका छन् ।
बुधबार बिहान बालुवाटारमा दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेका हुन् ।
एनसेलको शङ्कास्पद शेयर खरिद–बिक्रीबारे चर्चा र बहस भइरहेका बेला सत्तारुढ तीन दलका नेताहरूबीच भेटवार्ता र छलफल भएको छ ।
तीन शीर्ष नेताहरूका बीच छानबिनका लागि समिति गठन गर्नेबारे कुराकानी भएको बुझिएको छ ।
मंगलबार गठबन्धन दलका नेताहरूबीच छलफल भएको थियो । छलफलमा एनसेल बिक्रीको कारोबार शंकास्पद भन्दै छानबिन गर्ने सहमति जुटेको थियो ।
सरकारले छानबिन समिति भने गठन गरिसकेको छैन । बुधवार संसद्का २ वटा संसदीय समितिमा पनि एनसेलबारे बहस भएको छ ।
लेखा समिति र अर्थ समितिमा एनसेल बिक्रीबारे छलफल भएको छ । एक खर्ब ४३ अर्बको एनसेल ६६ अर्बमा बेचेको सार्वजनिक भएपछि बबाल भएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया