दुर्गा प्रसाइँका स्वकीय सचिव पक्राउ, प्रहरी हिरासतमा राखियो
काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंका स्वकीय सचिव विना योञ्जय थापासहितका समर्थकलाई पक्राउ गरेको छ ।
पक्राउ परेका थापालाई प्रहरीले प्रहरी वृत्त गौशालामा राखेको छ । प्रसाईंका स्वकीय सचिव थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताएका छन् ।
थापा सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ परेका हुन् । सोमबार, प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईँका १५ जना समर्थकलाई पक्राउ गरेको छ ।
काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा भएको थियो । पक्राउ पर्नेमा आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्यसहित मेडिकल व्यवसायी प्रसाईँका स्वकीय सचिव थापासमेत छन् ।
पक्राउ पर्नेमा भोजराज तमिल्सिना, निकेश बास्तोला, हरि बिशुङ्खे, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन, खड्का, दीपेश खड्का, मेहरमान बस्नेत छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया