स्कुल बस दुर्घटनाप्रति सभापति देउवाद्वारा गहिरो दु:ख व्यक्त
काठमाडौं । नेपाली कांग्रेसले उदयपुर जिल्लामा स्कुल बस दुर्घटना हुँदा भएको मानवीय क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेको छ ।
आइतबार कांग्रेसले विज्ञप्ति जारी गरेर उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस शनिबार दिउँसो उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएकोमा दु:ख व्यक्ति गरेको हो ।
दुर्घटनामा ३९ जना घाइते भएका थिए । घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दु:ख व्यक्त गरेका छन् ।
सभापति देउवाले भने, ‘मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरूको आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’
सभापति देउवाले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
सवारी दुर्घटनाको यथार्थ छानविन गर्न तथा घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न सभापति देउवाले सरकारसँग आग्रह गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया