गुलरियामा भरत चन्दकाे घरमा आगलागी, चार जनाकाे मृत्युु
नेपालगञ्ज । बर्दियामा भरत चन्दकाे घरमा आगलागी हुँदा ३ बालबालिकासहित ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति ११ बजे गुलरिया नगरपालिका-४ तुलापुरमा आगलागी हुँदा चार जनाकाे मृत्युु भएको प्रहरीले जनाएको छ । मृत्युु हुनेमा तीन बालबालिका पनि छन् । उनीहरू सबै एकै परिवारका हुन् ।
घरमा सुतिरहेका ७ वर्षीय बालक कृष चन्द, १८ महिनाका कार्तिक चन्द, ९ वर्षीया बाललिका मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताएका छन् ।
गम्भीर घाइते भएकी २७ वर्षीया करिष्मा चन्दको जिल्ला अस्पताल बर्दियामा उपचार भैरहेको छ ।
चिसोबाट बच्न तसलामा बालेको आगोको गालबाट आगलागी भएको प्रहरी भनाइ छ ।
Published : Saturday, 2023 November 25, 10:57 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया