युवा संघले पावर देखाउन खोजेपछि बल्खुमा दुर्गा प्रसाइँका समर्थकले ढुंगा हाने
काठमाडौं । एमालेको युवा संघले शक्ति प्रदर्शन गरेर पावर देखाउन खोजेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाइँका समर्थकले काठमाडौंको बल्खु चोकमा ढुंगा प्रहार गरेका छन् ।
बिहीबार बल्खु चोकमा प्रसाइँका समर्थकले युवा संघका कार्यकर्तामाथि ढुंगा प्रहार गरेका हुन् । उनीहरूले मोटरसाइकल र सवारी साधनहरूमा पनि तोडफोड गरेका छन् ।
कालीमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको छ ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेका बेला युवा संघको र्याली बल्खुमा पुगेको थियो ।
ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ । ढुंगा प्रहार भएपछि युवा संघका कार्यकर्ताहरू भागेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया