मुख्यमन्त्री चौधरीद्वारा लुम्बिनीको सरकार विस्तारबारे कांग्रेस र माओवादीसँग परामर्श
मसुरिया । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद विस्तारका लागि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले परामर्श गरेका छन् ।
सोमबार बिहान मुख्यमन्त्री चौधरीले तुलसीपुर, दाङको चखौरामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का नेताहरुसँग मन्त्रिपरिषद विस्तारका विषयमा परामर्श गरेका हुन् ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले लुम्बिनीको मन्त्रिपरिषद विस्तार छिट्टै गर्ने सहमति भएको बताए । तिमिल्सिनाले भने, ‘मुख्यमन्त्री डिल्लीबहादुर चौधरीज्यूले मन्त्रिपरिषदलाई विस्तार गर्ने विषयमा कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग परामर्श गर्नुभएको छ । छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको छ ।’
मुख्यमन्त्री चौधरीसँगको छलफलमा माओवादी केन्द्रका नेता वर्षमान पुन, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, माओवादी केन्द्रको संसदीय दलका नेता जोखबहादुर महराको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया