एआईजी ज्ञवालीको कागजपत्र पठाउन गृह मन्त्रालयलाई निर्देशन
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक(एआइजी) श्यामलाल ज्ञवालीको जन्ममिति सम्बन्धि विषयमा गृह मन्त्रालयसँग जानकारी माग गरेको छ ।
एआईजी ज्ञवालीविरुद्ध समितिमा दुईवटा उजुरी परेपछि सभापति रामहरि खतिवडाको निर्देशनमा गृह मन्त्रालयबाट कागजात माग गरिएको समितिका सचिव सुरजकुमार दुराले बताएका छन् ।
ज्ञवालीविरुद्ध तिहारअघि र पछि गरेर दुईवटा उजुरी परेका छन् । एआईजी ज्ञवालीविरुद्ध पछिल्लो उजुरी शुक्रबार परेको थियो ।
एआईजी ज्ञवालीविरुद्ध उजुरी परेलगत्तै समितिका सभापति खतिवडाले उजुरीमा उल्लेखित विषयबारे सत्यतथ्य पत्ता लगाउन गृहमन्त्रालयसँग जवाफ माग्न निर्देशन दिएका छन् ।
शुक्रबार नै समितिका सचिव दुराले गृह मन्त्रालयलाई लिखित निर्देशन जारी गरेर एआइजी ज्ञवालीको जन्मसँग सम्बन्धित कागजातहरू पेश गर्न भनेका छन् ।
गृह मन्त्रालयलाई सातदिनभित्र कागजात पेश गर्न भनेको सचिव दुराले बताएका छन् ।
एआइजी ज्ञवालीको नागरिकता प्रमाणपत्र र शैक्षिक प्रमाणपत्रका आधारमा जन्ममिति फरक-फरक छभन्ने विषयमा विवाद भएपछि सर्वोच्च अदालतसम्म रिट पुगेको थियो । सर्वोच्च अदालतले जन्ममितिको विवाद नरहेको भन्दै सो विषयलाई खारेज गरिदिएको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया