प्रहरीले इन्काउन्टर गरेर दुई जनालाई ढाल्यो, अवस्था गम्भीर

काठमाडौं । जिल्ला प्रहरी कार्यालय महोत्तरीले चोरी डाँकामा संलग्न २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका डाकाहरु भाग्न खोज्दा प्रहरीले गोली चलाएको छ । गोली लागेर डाँकाहरु घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर छ ।

कात्तिक २० गते बिहान साढे दुई बजे जलेश्वर नगरपालिका वडा नं. ८ सानो रतवारा बस्ने भुवनेश्वर चौधरीको घरको मुलढोका लगायतको घरको ढोकाहरुको ताल्चा फुटाइ ७/८ जनाको डाका समूह हातहतियारसहित घरमा प्रवेश गरी चाेरी गरेको प्रहरीले जनाएको छ ।

डाकाको समूहले भुवनेश्वर चौधरी, जयकिशोर चौधरी, सीमा चौधरी र शैलदेवी चौधरीलाई भान्सा कोठामा बन्द गरिदिएका थिए ।

डाकाले भुवनेश्वर चौधरीको टाउकोमा प्रहार गरि रगताम्य पारी घाइते बनाएको छ । शैलदेवीको काठाको चिरपटले प्रहार गरी दाहिने हातमा घाइते बनाई घरबाट ४० तोला सुनको गर गहना, चाँदीको ४५ तोलाको गर गहना, मोबाइल आइ फोन थान १, नगद १ लाख ७५ हजार रकम डाका गरी लगेको प्रहरीले जनाएको छ ।

डाका समूहले घाइते बनाएकामा जलेश्वर नगरपालिका वडा नं.८ सानो रतवाडा बस्ने वर्ष ७५ को भुवनेश्वर चौधरी, उनकी श्रीमती वर्ष ७० कि शैलदेवी, उनका छोरा वर्ष ५३ को जयकिशोर चौधरी, जयकिशोरकी श्रीमती वर्ष ५० कि सीमा चौधरी रहेका छन् ।
डाका समूहले ४० तोला सुन, चाँदीका ४५ तोलाका गर गहना, नगद, मोबाइलर अन्य सामान पनि लुटेका छन् ।

महोत्तरी प्रहरीको टोलीले रौटहटको गरुडा नगरपालिका वडा नं. ४ पानी ट्याङकीस्थितमा कात्तिक २८ गते दिउँसो ३ बजे शक्तिकपुर पासवानलाई पक्राउ गरेको छ । पासवानको साथबाट प्रहरीले कटुवा पेस्तोल थान १ र ४ राउण्ड गोली पनि बरामद भएको छ ।

महोत्तरीतर्फ आउँदै गर्दा सर्लाहीको संग्रामपुरमा प्रहरीको गाडी अचानक बिग्रिन गएकोले जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट अर्को गाडी बोलाएर उक्त गाडीले महोत्तरीको सिमाना सोनमा गाउँपालिका वडा नं. ५ सम्म राति दश बजे पुर्‍याएको थियो ।

गाडीबाट पुनः महोत्तरीबाट आएको अर्को गाडीमा नियन्त्रणमा लिएको व्यक्तिलाई सुरक्षाकर्मीले हाल्न खोज्दा अचानक गाडीबाट हामफाली भाग्ने क्रममा डीएसपी दिलिपकुमार गिरीको कमाण्डमा खटिएको टोलीले चाइनिज पेस्तोलबाट गोली फायर गर्दा भाग्दै गर्दाको व्यक्ति शक्तिकपुर पासवान र अजय पासवानको बाया खुट्टाको तिघ्रामा गोली लागेर घाइते भएका छन् ।

उनीहरु उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वरमा रहेका छन् । गोली लागेर घाइते भएका डाँकाहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरु सर्लाहीको नेत्रगंज १ हाल घर भई हाल सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. २ बस्ने महादेव पासवानको छोरा वर्ष ३२ को शक्तिकपुर पासवान र महेन्द्र पासवानको छोरा वर्ष ३३ को अजय पासवान रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले कटुवा पेस्तोल थान १, गोली थान ४, बटमबाला सामसुङ कम्पनीको मोबाइल थान १, चारहजार दुइ सय असी, शिवम् सिमेन्ट लेखेको सिक्का थान १, चाँदीको ब्रासलेट थान १ बरामद भएको छ ।

उनीहरुले कात्तिक ९ गते बिहान साढे १ बजेको समयमा महोत्तरीको महोत्तरी गाउँपालिका वडा नं.३ बस्ने वर्ष ४५ को सदानन्द सिंहको घरमा डाँका गरेको खुलेको छ ।

कात्तिक २० गते बिहान साढे २ बजेको समयमा जलेश्वर नगरपालिका वडा नं.८ सानो रतवाडा बस्ने भुवनेश्वर चौधरीको घरमा डाँका गरेको प्रहरीले जनाएको छ ।

रौटहतको चन्द्रनिगाहपुर नगरपालिका अन्तर्गत हालसालै उनीहरुले डाँका गरेको अनुसन्धानबाट खुलेको छ । धनुषाको महेन्द्रनगरमा हालसालै डाँका गरेको पनि खुलेको छ ।

अपराध अभिलेखमा बिभिन्न ११ स्थानमा चोरी खुन डाँका गरेको अभिलेखबाट देखिएको छ ।

प्रतिवादी शक्ति कापुर पासवानलाई सि.नं. मुद्दा चलेको वर्ष मुद्दा चलेको ईकाई मुद्दा नं. मुद्दा शीर्षक, २०७१ ई.प्र.का.सिमरा, बारा ०७ ज्यान मार्ने उधोग र चोरी डाँका, २०५९ ई.प्र.का.हरिपुर, सर्लाही २४ ज.ज.क., २०७१ जि.प्र.का. सिन्धुली १२२ डाँका तथा कर्तव्य ज्यान, २०६० जि.प्र.का.सर्लाही ६५ डाँका, २०७१ ई.प्र.का.सिमरा ११ डाँका, २०७५ जि.प्र.का. महोत्तरी १३४ अभद्र व्यवहार, २०७५ जि.प्र.का.महोत्तरी १४६ डाँका, २०७५ जि.प्र.का.महोत्तरी १५८ डाँका, प्रतिवादी अजय पासवान, सि.नं. मुद्दा चलेको वर्ष मुद्दा चलेको ईकाई मुद्दा नं. मुद्दा शीर्षक, २०७३ जि.प्र.का.सिरहा १७ डाँका अभियोग लागेका छन् ।

Published : Wednesday, 2023 November 15, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया