दु:खका बेला भूकम्पपीडितको साथी बने कांग्रेसका सांसदहरू, १५ दिनको पारिश्रमिक दिने
काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले भूकम्प प्रभावितहरूको उद्धार, राहत र पुनस्र्थापनाका लागि सबै सांसदहरूले १५ दिनको तलब दिने निर्णय गरेका छन् ।
आइतबार काठमाडौंमा बसेको संसदीय दल कार्यसमितिको बैठकले १५ दिनको तलब दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘भूकम्प पीडितहरूको उद्धार, राहत र पुनस्र्थापनाका लागि संघीय संसदमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्नुहुने माननीय सदस्यहरूको १५ (पन्ध) दिन बराबरको पारिश्रमिक रकम सहयोग स्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गर्दछ ।’
नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा धुम्बाराहीस्थित सभापतिको निवासमा बैठक बसेर भूकम्पपीडितका लागि पारिश्रमिक उपलब्ध गराउने जाजरकोट र रुकुम (पश्चिम) जिल्लाका विभिन्न क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटना प्रति नपाली कांग्रेस संसदीय दल कार्यसमितिले गहिरो दु:ख व्यक्त गरेको छ ।
भूकम्पमा परी जीवन गुमाउने प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै कांग्रेसले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया