भूकम्पबाट भएको क्षतिप्रति सभापति देउवा दुखित्, उद्दार, राहत र पुर्ननिर्माणम लाग्न अनुरोध
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको खबरले दुखित भएको जनाएका छन् ।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत सभापति देउवाले प्रभावित क्षेत्रमा तत्काल उद्दार टोली खटाएर घाइतेहको उपचार गर्न सरकारसँग अनुरोध गरेका छन् ।
प्रभावित क्षेत्रमा मानवीय सहायत पुर्याउने प्रबन्ध गर्न पनि सभापति देउवाले अनुरोध गरेका छन् ।
भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति देउवाले श्रदाञ्जलि अर्पण गर्दै घाइतहरूको स्वास्थ्य लाभको कामना गरेका छन् ।
‘यस कठिन घडीमा नेपाली कांग्रेसको सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुर्ननिर्माणमा जुट्न निर्देशन गर्दछु’, सभापति देउवाले भनेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया