फेसबुकमा चार वटा प्रोफाइल बनाउन पाइने

न्युयोर्क । मेटाले फेसबुक प्रयोगकर्ताका लागि मल्टिपल पर्सनल प्रोफाइल फिचर ल्याएको छ ।

मेटाले फेसबुकमा नयाँ फिचर ल्याएको छ । अब एकजना फेसबुक प्रयोगकर्ताले फेसबुकमा आफ्ना चारवटा प्रोफाइल बनाउन सक्नेछन् ।

फेसबुकले शुक्रबार अर्थात् सेप्टेम्बर २२ देखि चार वटा प्रोफाइल बनाउने फिचरलाई विश्वव्यापी रुपमा मेटाले शुरु गरेको जनाएको छ ।

सबै प्रयोगकर्ताले नयाँ फिचर प्रयोग गर्न पाउनका लागि केही समय पर्खनु पर्नेछ । प्रयोगकर्ताले आफ्ना फरक–फरक प्रोफाइलमा फरक–फरक प्रकारका पोस्ट गर्न वा सामग्री शेयर गर्न सक्नेछन् । सबै प्रोफाइलका फिड पनि अलग अलग हुनेछन् ।

लगइन बटनबाट प्रयोगकर्ताले आफ्ना विभिन्न प्रोफाइलमा स्वीच गर्न सक्नेछन् । एकभन्दा धेरै अकाउन्ट बनाउने प्रयोगकर्ताका लागि डेटिंग, मार्केटप्लेस, प्रोफेसनल मोड तथा पेमेन्ट फिचरको पहुँच भने रहनेछैन ।

सबै प्रोफाइलका लागि मेसेजिङ्गको सुविधा पहिलेकै जस्तो गरी उपलब्ध हुनेछ । मेसेजिङ सुविधा केवल एउटा प्रोफाइलमा मात्र प्रयोग गर्न सकिनेछ ।

Published : Sunday, 2023 September 24, 9:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया