फेसबुक र इन्स्टाग्राम चलाउन पैसा तिर्नुपर्ने

न्यूयोर्क । मेटा कम्पनीले आफ्ना दुई सोसल मिडिया प्लाटर्फम फेसबुक र इन्स्टाग्रामलाई स:शुल्क बनाउने निर्णय गरेको छ ।

फेसबुक तथा इन्स्टाग्राम चलाउनका लागि पैसा खर्च गर्नुपर्नेछ । फेसबुक वा इन्स्टाग्राममध्ये एक चलाउँदा एउटा नि:शुल्क चलाउन पाइनेछ । स:शुल्क सेवा लिनेका लागि फेसबुक तथा इन्स्टाग्राममा विज्ञापन देखाइनेछैन ।

मेटाले तत्कालका लागि युरोपमा फेसबुक र इन्स्टाग्रामलाई स:शुल्क सेवाको सुरुआत गर्ने निर्णय गरेको छ ।

युरोपेली युनियनका तर्फबाट विज्ञापन तथा प्राइभेसीलाई लिएर लगातार दबाब बढिरहेको छ ।

युरोपेली युनियन सम्बद्ध देशका कुनै पनि प्रयोगकर्ताका लागि फेसबुक तथा इन्स्टाग्राममध्ये एउटाका लागि शुल्क तिर्दा अर्को प्लाटर्फम नि:शुल्क चलाउन पाइने व्यवस्था गरिनेछ ।

फेसबुक तथा इन्स्टाग्रामको स:शुल्क संस्करणका लागि कति शुल्क तिर्नुपर्ने छभन्ने बारेमा अहिलेसम्म खुलाइएको छैन ।

Published : Monday, 2023 September 4, 2:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया