नेपालमा यो कार्य गर्न फेसबुक र इन्स्टाग्रामले रोक लगायो
काठमाडौं । नेपालको कानूनलाई अनुशरण गर्दै फेसबुक र इन्स्टाग्रामले मदिराजन्य पदार्थका विज्ञापनमा रोक लगाएको छ ।
फेसबुक र इन्स्टाग्रामको मुख्य सञ्चालक मेटाले सूचना जारी गर्दै मदिराजन्य पदार्थका विज्ञापनमा रोक लगाएको छ ।
सूचनामा नेपालसहित १८ वटा देशमा मदिराजन्य पदार्थको विज्ञापन गर्न निषेध गरेको उल्लेख गर्दै त्यसको पालना आफूहरूले गरेको बताएको छ ।
मेटाले दक्षिण पूर्वी एसियाका देशहरुमध्ये नेपालसहित अफगानिस्तान, बंगलादेश, भारतका निश्चित प्रान्तहरु, थाइल्याण्ड र पाकिस्तानमा मदिराजन्य विज्ञापनहरू आफ्नो सोसल मिडिया प्लेटफर्महरूमा रोक लगाएको छ ।
ब्रुनाई, इजिप्ट, जिम्बाबे, कुवेत, लिबिया, लिथुनिया, नर्वे, रसिया, साउदी अरब, टर्की र युएई र यमनमा पनि मदिराजन्य विज्ञापनमा रोक लगाएको छ ।
नेपालमा सर्वोच्च अदालतले मदिराजन्य पदार्थको सार्वजनिक विज्ञापन गर्न नपाउने आदेश दिइसकेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया