ट्वीटरका संस्थापकले ल्याए नयाँ सोसल ब्लूस्काई मिडिया
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2023/03/Jack-Dorshi.jpg?resize=810%2C442&ssl=1)
लसएञ्जलस । ज्याक डोर्सीले नयाँ सोसल मिडिया एप तयार गरेका छन् ।
डोर्सीले बनाएको सोसल मिडिया प्लाटर्फमको नाम ब्लूस्काई रहेको छ । डोर्सी ट्वीटरका संस्थापक तथा पूर्व सीईओ हुन् ।
तत्कालका लागि यो एप केवल आईओएस प्लाटर्फममा उपलब्ध छ । यो एप प्रयोग गर्नका लागि निमन्त्रणा समेत आवश्यक पर्दछ ।
ब्लूस्काई हाल एप्पलको एप स्टोरमा उपलब्ध छ । यसलाई खोजेर डाउनलोड गर्न सकिन्छ । ब्लूस्काईको एपको विवरणमा रहेका स्क्रिनसट हेर्दा ब्लूस्काई धेरै हदसम्म ट्वीटरजस्तै देखिन्छ ।
रिट्वीट अप्सनलाई रिपोस्ट अप्सनले प्रतिस्थापन गरिएको छ । एपमा रहेका सर्कुलर प्रोफाइल पिक्चर, फलोअर्स तथा फलोइङ काउन्ट, बोल्ड अकाउन्ट नाम तथा ग्रे ह्याण्डलले ट्वीटरको स्मरण गराउँछ ।
सन् २०१९ मा ट्वीटरका तत्कालीन सीईओ ज्याक डर्सीले ब्लूस्काई टीमको उद्देश्य प्रष्ट पारेका थिए । ब्लूस्काईको एप एउटा साधारण इन्टरफेसमा रहनेछ ।
यसमा २ सय ५६ अक्षरको सामाग्री पोस्ट गर्न सकिनेछ । तस्वीर पनि जोड्न सकिनेछ । ब्लूस्काई एपमा शेयरिङ, म्युटिङ तथा ब्लक अकाउन्ट जस्ता अन्य फिचरहरू पनि रहनेछन् ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200&ssl=1)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200&ssl=1)
फेसबुकबाट तपाईको प्रतिक्रिया