भायानेटको दसैँ अफर, ग्राहकले मेस राउटर पाउने

काठमाडौं । आउँदै गरेको दसैँमा आफ्नो ग्राहकलाई थप सुविधा दिने उद्देश्यले भायानेटले आकर्षक अफर ल्याएको छ ।

यो अफरअन्तर्गत अब भायानेटको अल्ट्रा–फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटरआफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

यो दसैं भायानेटको अल्ट्रा–फाई २०० एमबीपीएस इन्टरनेटको वार्षिकप्लान मात्र रु. ९९९ प्रतिमहिनामा पाउन सकिन्छ ।

यो प्याकेजमा आउने डुअल ब्यान्ड ओ.एन.यु सँगै अबग्राहकहरूले नोकियाको बीकन १.१ मेस राउटर वाएमआई ४.ए डुअल ब्यान्ड राउटरमध्य एक छानेर राख्न पाउनेछन् ।

राउटर लिनका लागि ग्राहकले डिपोजिट शुल्क मात्र जम्मा गरे पुग्छ ।

ग्राहकले मेस राउटर लिनका लागि रु. ४००० र एमआई ४.एराउटरको लागि रु. १५०० डिपोजिट गर्नु पर्नेछ ।

कम्पनीले आफ्ना ग्राहकहरूलाई सस्तोमा घरभरि वाइफाइको कभरेज बढाउन मद्दत गर्ने उद्देश्यले यो अफर ल्याएको जनाएको छ ।

भायानेटले वार्षिक सदस्यतामा मात्र रु. १५० प्रतिमहिनामा भायाटिभी पनि उपलब्ध गराएको छ ।

यसरी भायाटिभी लिँदा ग्राहकले पहिलो सेट–टप–बक्समात्र रु. ५०० डिपोजिट गरीप्राप्त गर्न सक्नेछन् ।

भायानेटको अल्ट्रा–फाई लाइनअप बजारमा उपलब्ध रहेको सबैभन्दा आकर्षक इन्टरनेट र टिभी प्याकेजमध्ये पर्दछन् ।

उच्च गतिको इन्टरनेट आवश्यकता भएका प्रयोगकर्ताहरूका लागि अल्ट्रा–फाई लाइन अप विशेष मानिएको छ ।

अहिले चलिरहेको अल्ट्रा–फाई लाइन अपको मुख्य विशेषता भनेको यसले ग्राहकलाई इन्टरनेट मात्रैवा इन्टरनेटसँगै टिभीका विभिन्न प्याकेजबाट छान्न पाउने सुविधा दिएको छ ।

Published : Monday, 2022 September 12, 10:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया