करातेका खम्बा मीनकृष्ण महर्जन खेलकुद पदकबाट विभुषित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष एवम् करातेका पूर्वअन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जन बागमती प्रदेशको खेलकुद पदकबाट विभुषित भएका छन् ।

२०४२ सालदेखि सितोरियो करातेमा आवद्ध महर्जन सितोरियो करातेका ५औं डान प्राप्त गरिसकेका खेलाडी हुन् ।

महर्जनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ दर्जनभन्दा स्वर्ण पदक हासिल गरिसकेका छन् ।

महर्जन सन् १९९८ मा नेपालमा भएको आठौं साफगेममा करातेको कोच थिए ।

त्यतिबेला करातेले १४ वटा स्वर्ण पदकका साथ नेपाल साउथ एसियामा दोस्रो स्थान ल्याउन सफल भएको थियो ।

कुनै समय खेलकुदनै महर्जनमय थियो । महर्जनको नाम खेलकुदमा काफी छ । महर्जन खेलकुदको क्षेत्रमा हस्तीका रुपमा परिचित छन् ।

महर्जन वैदेशिक प्रशिक्षण तथा गेमको क्रममा जापान, फ्रान्स, जर्मन, बेल्जियम, कोरिया मलेसिया, सिंगापुर, चाइना, थाइल्यान्ड, बंगलादेश, श्रीलंका, भारत लगायत थुप्रै देश्मा सहभागी भइसकेका खेलाडी हुन् ।

अहिले नाम चलेका करातेका खेलाडीहरू उनै महर्जनले उत्पादन गरेका खेलाडीहरू हुन् ।

Published : Tuesday, 2022 May 31, 7:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया