भलिबलमा पुलिसको दुवै टोलीलाई सफलता

काठमाडौं । दुई विभागीय टोली नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई छैटौं आर.बि.बि. – एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा सफलता प्राप्त भएको छ ।

बुधबार महिलातर्फ पुलिसले बुटवलको एभरेष्ट भलिबल क्लबलाई २५–१८, २५–१९, २५–१४ ले तथा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल क्लबलाई २५–२३, २५–१६, ३२–३० ले पराजित गर्दै सफलता प्राप्त गरेको हो ।

महिलातर्फको अर्को खेलमा सेनाले होङ्गवाङ्गजी न्यू डायमण्ड क्लबलाई २५–१६, २५–१२, २५–१२ ले पराजित गरेको छ ।

नेपाल पुलिसको यो जितसँगै दुई खेलबाट ६ अंक बनाएको छभने सेनाको तीन खेलबाट ६ अंकनै रहेको छ ।

नेपाल एपिएफ क्लबको ३ अंक, एभरेष्ट भलिबलको २ अंक र न्यू डायमण्डको १ अंक रहेको छ । न्यू डायमण्डकी स्टार खेलाडी प्रतिमा माली घुडामा चोट बोकेका कारण यस प्रतियोगितामा अनुपस्थित रहेकी छिन् ।

पुरुषतर्फ टिपटप हेल्प नेपालले एपिएफमाथि ३–१ को जित निकाल्यो । टिपटपले एपिएफलाई २५–२२, २५–१९, २८–३० र २५–२३ ले पराजित ग¥यो । पुलिसले यो जित संगै ९ अंक बनाएको छ ।

हेल्प नेपालको ८ अंक, सेनाको ९ अंक, एपिएफको ३ अंक, गण्डकीको ४ र गलकोटको ० अंक रहेको छ ।

Published : Wednesday, 2022 May 4, 5:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया