एन्फाका ‘बी’ डिभिजनका ११ क्लवले मताधिकार पाए

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनका लागि ‘बी’ डिभिजनबाट ११ क्लबले मताधिकार पाएका छन् ।

शुक्रबार भएको प्रतिनिधि छनोटको निर्वाचनमा ११ क्लबले मताधिकार पाएका हुन् ।

‘बी’ डिभिजनमा १४ क्लबबाट ११ क्लबले मताधिकार पाएका छन् ।

श्री भगवती, आरसीटी, मध्यपुर युथ क्लब, टुसाल युथ, नयाँबस्ती, खुमलटार, बाँसबारी, सरस्वती युथ क्लब, श्रीकुमारी, बाईज युनियन, चर्च ब्वाईजले मताधिकार पाएका हुन् ।

सामाजिक युथ, झम्सिखेल र वीरगञ्ज क्लबले मताधिकार प्राप्त गर्न सकेनन् ।

यसअघि ‘सी’ डिभिजन लिगका ९ क्लबले मताधिकार पाएका थिए । एन्फाको निर्वाचन असार ६ गते हुँदैछ ।

Published : Friday, 2022 April 15, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया