पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठको तेस्रो साता पोखरामा हुने भएको छ ।

बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी २०७९ साल जेठ २२–२८ गते गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले प्रतियोगिता गर्नका लागि मन्त्रिपरिषदबाट निर्णय भएको जानकारी दिए । उनले प्रतियोगिताको तयारी पूरा भएको पनि बताएका छन् ।

Published : Wednesday, 2022 April 13, 2:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया