बैंकमा पैसाको सटेज भएका बेला महोत्तरीमा प्रहरीद्वारा ५५ लाख बरामद
महोत्तरी । प्रहरीले महोत्तरी जिल्लामा स्रोत नखुलेको ५५ लाख रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार बिहान पौने १० बजे औरही नगरपालिका– १ औरहीस्थित बर्दिबास–जलेश्वर सडक खण्डमा ५५ लाखसहित दुई जनालाई पक्राउ गरेको हो ।
ज.९ प. ८२४७ नं. को मोटरसाईकललाई प्रहरीले चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक औरही नगरपालिका– २ का २१ वर्षीय धिरजकुमार यादबले बोकेको झोलाभित्र ल्याएको ५५ लाख रुपियाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख (एसपी) कृष्ण पंगेनीले जानकारी दिए ।
प्रहरीले औरही नगरपालिका– २ का १८ वर्षीय रमेशकुमार सहनीलाई पनि पक्राउ गरेको छ । दुबै जनालाई भन्सार कार्यालय जलेश्वर पठाइएको छ ।
उनीहरूको साथबाट नेपाली रुपियाँ १ हजार दरको ४५ सय थान गरी ४५ लाख, ५ सय दरको २ हजार थान गरी १० लाख रुपियाँ बरामद भएको छ ।
एउटा डिस्कभर मोटरसाइकल, २ थान मोबाईल, विभिन्न बैँक तथा बित्तीय संस्थाको नाममा जारी भएका ७८ थान चेकहरू र श्री राजदेवी मनी ट्रान्सफर लेखिएको रवरको १ थान छाप बरामद भएको एसपी पंगेनीले जानकारी दिए ।
बैंक तथा वित्तीय संस्थाहरूमा पैसाको अभाव भएका समाचारहरू आइरहेका बेला महोत्तरीमा प्रहरीले स्रोत नखुलेको पैसा बरामद गरेर सबैलाई चकित तुल्याइदिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया