सभापति बानियाँद्वारा प्युटारमा अस्पताल उद्घाटन, कांग्रेसले विकासको मूल फुटाइदियो

प्युटार । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दल नेता ईन्द्रबहादुर बानियाँले कांग्रेसका कारण गाउँ–गाउँमा विकास भित्रिएको बताएका छन् ।

बिहीबार ललितपुरको बागमती गाउँपालिकास्थित प्युटारको थाङ्सिङ्टार अस्पतालको उद्घाटन गर्दै सभापति बानियाँले कांग्रेसले स्वास्थ्य, शिक्षा र ग्रामीण क्षेत्रको विकासमा ध्यान दिएको बताए । उनले कांग्रेसका कारण गाउँका जनताले स्वास्थ्य र शिक्षामा पहुँच पाएको बताएका छन् ।

सभापति बानियाँले अबको निर्वाचनमा कांग्रेसले जित्नुपर्ने र त्यसका लागि जनताले रुख चिन्हमा भोट हालेर विजयी बनाउनुपर्ने बताएका छन् ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणा, कांग्रेसका युवा नेता मीनकृष्ण महर्जन, नेता गजेन्द्र महर्जनलगायतको उपस्थिति रहेको थियो ।

Published : Friday, 2022 March 25, 11:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया