पल शाहलाई जेल चलान, जोशीलाई छाड्न आदेश

दमौली । नाबालिग गायिका बलात्कार अभियोगमा नायक पल शाह जेल चलान भएका छन् ।

बिहीबार जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । प्रमुख जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले थुनामा पठाउन आदेश जारी गरेको छ ।

२०७८ वैशाख १४ गते तनहुँमा नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध जाहेरी परेको थियो ।

फागुन १५ गते आफैं प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका शाहविरुद्ध मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

शाहका म्यानेजर कृष्ण जोशीसँग अदालतले एक लाख धरौटी माग गरेको छ । अदालतले जोशीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

Published : Thursday, 2022 March 24, 7:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया