पल शाहलाई जेल चलान, जोशीलाई छाड्न आदेश
दमौली । नाबालिग गायिका बलात्कार अभियोगमा नायक पल शाह जेल चलान भएका छन् ।
बिहीबार जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । प्रमुख जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले थुनामा पठाउन आदेश जारी गरेको छ ।
२०७८ वैशाख १४ गते तनहुँमा नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध जाहेरी परेको थियो ।
फागुन १५ गते आफैं प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका शाहविरुद्ध मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
शाहका म्यानेजर कृष्ण जोशीसँग अदालतले एक लाख धरौटी माग गरेको छ । अदालतले जोशीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
Published : Thursday, 2022 March 24, 7:08 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया