संयोजक ढकाल र साउदी राजदूतबीच भेट, व्यवसाय र कामदारका समस्याबारे छलफल

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संयोजक विमल ढकाल र नेपालका लागि साउदी अरबका राजदूत मुसैद अलमारवानीबीच भेटवार्ता भएको छ ।

बुधबार काठमाडौंमा भएको भेटमा नेपाली कामदारका समस्या र मागका विषयमा छलफल भएको संघले जनाएको छ ।

संयोजक ढकालले साउदी अरबमा नेपाली कामदारहरू ठूलो संख्यामा रहेको भन्दै उनीहरूका विषयमा देखिएका समस्या समाधानका लागि राजदूत मुसैदसँग आग्रह गरेका छन् ।

ढकालले भने, ‘नेपालस्थित साउदी अरबका राजदूत मुसैद अलमारवानीसँग द्विपक्षीय सम्बन्ध, साउदी अरबमा कार्यरत नेपाली कामदारको हकहित र सुरक्षा, नेपालमा क्रियाशील वैदेशिक रोजगार व्यवसायीहरूले साउदी अरब जाने कामदारहरूको भिषा लगाउँदा नेपालस्थित साउदी राजदूतावासमा झेल्नु परेका समस्या र साउदी अरबमा घरेलु कामदार पठाउने बारेमा छलफल भयो ।’

‘साउदी राजदूतावासमा भिषा लगाउँदा व्यवसायीले झेल्नुपरेका समस्या तत्काल समाधान गरिदिने बारेमा राजदूतबाट सकारात्मक आश्वासन प्राप्त भयो’, उनले भनेका छन् ।

Published : Wednesday, 2022 March 23, 9:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया