कांग्रेस नेता तिमिल्सिनाद्वारा छात्रा फुटबलको प्रशंसा, विजेता टिमलाई पुरस्कार प्रदान
गेरुवा । नेपाली कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिनाले अध्यक्ष कप छात्रा फुटबल प्रतियोगिताका विजेता टिमलाई पुरस्कार वितरण गरेका छन् ।
बुधबार बर्दियाको गेरुवा गाउँपालिकामा सम्पन्न भएको गेरुवा गाउँपालिका चौथो अध्यक्ष कप छात्रा फुटबल प्रतियोगिता २०७८ का विजयी टिमलाई तिमिल्सिनाले पुरस्कार र कप प्रदान गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता तिमिल्सिनाले छात्रा फुटबलका खेलाडीलाई बधाइ र शुभकामना दिएका छन् ।
उनले भने, ‘खेलाडी बहिनीहरूलाई अनुशासित भई खेलकुद प्रदर्शन गरेकोमा पनि धन्यवाद छ ।’
‘खेलाडीहरूलाई खेलकुदमा सक्रिय बनाउँदा उनीहरूको क्षमता वृद्धि हुनेछ’, उनले भने, ‘खेलकुदका माध्यमबाट देशको पहिचान राख्न सक्नुपर्छ ।’
छात्रा फुटबल प्रतियोगिताको उपाधि गेरुवा गाउँपालिकाले जितेको छ । बाँसगढी नगरपालिका दोस्रो बनेको थियो ।







बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया