कांग्रेस नेता तिमिल्सिनाद्वारा छात्रा फुटबलको प्रशंसा, विजेता टिमलाई पुरस्कार प्रदान

गेरुवा । नेपाली कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिनाले अध्यक्ष कप छात्रा फुटबल प्रतियोगिताका विजेता टिमलाई पुरस्कार वितरण गरेका छन् ।

बुधबार बर्दियाको गेरुवा गाउँपालिकामा सम्पन्न भएको गेरुवा गाउँपालिका चौथो अध्यक्ष कप छात्रा फुटबल प्रतियोगिता २०७८ का विजयी टिमलाई तिमिल्सिनाले पुरस्कार र कप प्रदान गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता तिमिल्सिनाले छात्रा फुटबलका खेलाडीलाई बधाइ र शुभकामना दिएका छन् ।

उनले भने, ‘खेलाडी बहिनीहरूलाई अनुशासित भई खेलकुद प्रदर्शन गरेकोमा पनि धन्यवाद छ ।’

‘खेलाडीहरूलाई खेलकुदमा सक्रिय बनाउँदा उनीहरूको क्षमता वृद्धि हुनेछ’, उनले भने, ‘खेलकुदका माध्यमबाट देशको पहिचान राख्न सक्नुपर्छ ।’

छात्रा फुटबल प्रतियोगिताको उपाधि गेरुवा गाउँपालिकाले जितेको छ । बाँसगढी नगरपालिका दोस्रो बनेको थियो ।

Published : Wednesday, 2022 March 23, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया