एमालेको बैठक चलिरहेका बेला भक्कुरा–भक्कुर, टुटुल्को उठ्ने गरी कुटाकुट

काठमाडौं । एमालेको केन्द्रीय कमिटीको बैठक चलिरहेका बेला बाहिर दुई जनाबीच कुटाकुट भएको छ ।

बुधबार काठमाडौंको बबरमहलस्थित कार्की व्याङ्क्वेटमा बसेको एमालेको बैठक चलिरहेका बेला बाहिर मूल ढोका नजिकै दुई जना पत्रकारबीच कुटाकुट भएको हो ।

रिपोर्टिङ गर्न पुगेका पत्रकारबीच हानाहान भएको थियो । बाह्रखरी डटकम र हिमालय टेलिभिजनका पत्रकारबीच हानाहान भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुई जना पत्रकारहरूबीच कुटाकुट भएपछि नजिकै रहेको प्रहरीले छुट्याएको थियो । मुक्काले लागेको ठाउँमा सुन्निएको प्रत्यक्षदर्शीले जनाएका छन् । कुटाकुटको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

Published : Wednesday, 2022 March 23, 1:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया