यी २५ जना डीएसपीहरूको काज सरुवा, को कहाँ पुगे ?

काठमाडौं । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेपाल प्रहरीको मुख्यालयले २५ जना नायव उपरीक्षक (डीएसपी)हरूको काजमा खटाएको छ ।

मंगलबार राति जारी भएको सूचनाअनुसार अंगुर जिसीलाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा खटाइएको छ ।

कबिता कटवाललाई अख्तियार दुरपयोग अनुसन्धान आयोग टंगाल, कृष्णराज ओझालाई जिल्ला प्रहरी कार्यालय हुम्ला, कैलाश राईलाई जिप्रका ताप्लेजुङ, गणेशबहादुर श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, गोविन्दराज काफ्लेलाई जिल्ला प्रहरी कार्यालय धनुकटामा काज खटाइएको छ ।

जेसी साहलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, तिलक भारतीलाई जिप्रका म्याग्दी, धर्मराज भण्डारीलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, ध्रुबराज भण्डारीलाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगञ्ज, प्रकाश डाँगीलाई जिप्रका पूर्वी रुकुम, प्रतीक विष्टलाई जिप्रका दार्चुला, प्रेमसागर केसीलाई जिप्रका मनाङमा काज खटाइएको छ ।

बालनरसिंह राणालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय कार्य शाखा, मधुकुमार थापालाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा, मनोहरप्रसाद भट्टलाई जिल्ला जिप्रका बाँके, रामप्रसाद घर्ती मगरलाई कर्णाली प्रदेश कार्यालय सुर्खेत, विष्णुप्रसाद सोतीलाई जिप्रका पश्चिम रुकुममा काज खटाइएको सूचनामा उल्लेख छ ।

श्यामकुमार राईलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, सन्तोष निरौलालाई जिप्रका जाजरकोट, सुकदेव खनाललाई जिप्रका ओखलढुंगा, सुनिलजंग शाहलाई जिप्रका सोलुखुम्ब, सुरज कार्कीलाई जिप्रका सुर्खेत, सुवास खड्कालाई बागमती प्रदेश कार्यालय हेटौँडा र हेरम्ब शर्मालाई नेपाल प्रहरी अस्पताल महाराजगञ्ज प्रशासनमा काज खटाइएको सूचनामा उल्लेख छ ।

Published : Wednesday, 2022 March 23, 11:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया