हेडौँडामा कांग्रेस नेता सिंहलाई भव्य स्वागत, कार्यसमिति लिएर आफै पुगे सभापति बानियाँ

हेटौँडा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई बागमती कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँसहितका पदाधिकारी र सदस्यहरूले भव्य स्वागत गरेका छन् ।

नेपाली कांग्रेस बागमतीको प्रदेश कार्यालय उद्घाटन गर्न बुधबार बिहान हेटौँडा आएका पूर्व महामन्त्री सिंहलाई सभापति बानियाँसहितका नेताहरू स्वागत गरेका हुन् ।

नेता सिंहले हेटौँडामा बागमती प्रदेश कांग्रेसको कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको सभापति बानियाँले जानकारी दिए ।

बानियाँले भने, ‘नेपाली कांग्रेस बागमती प्रदेशको पार्टी कार्यालय हेटौँडामा खुल्न लागेको छ । पार्टी कार्यालयको उद्घाटन पूर्वमहामन्त्री आदरणीय नेता प्रकाशमान सिंहज्यूले गर्नु हुनेछ ।’

हेटौँडा प्रवेश गर्ने मुख्य सडकको पुलमा नेता सिंहलाई स्वागत गर्न सभापति बानियाँ आफै पुगेका थिए ।

Published : Wednesday, 2022 March 23, 11:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया