नेताहरू मिल्यौँ भने कांग्रेसले पूरै जिल्ला कब्जा गर्छ : सरिता प्रसाइँ

इलाम । नेपाली कांग्रेस इलामले ‘घर–घर जाऔं, कांग्रेस जितऔं’ अभियानलाई तिब्रताका साथ अगाडि बढाएको छ ।

कांग्रेसले इलाममा केन्द्रीय सदस्य सरिता प्रसाइँलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको छ । इलाम कांग्रेसका सभापति डम्बरबहादुर खड्काले अभियानलाई अगाडि बढाएका छन् ।

सभापति खड्काको अभियानलाई नेतृ प्रसाइँले साथ दिएकी छिन् । नेतृ प्रसाइँले स्थानीय तहको निर्वाचनमा कांग्रेसले जित्नुपर्ने बताएकी छिन् । त्यसका लागि कांग्रेसभित्रको एकता अनिर्वाय रहेको बताएकी छिन् ।

कांग्रेस नेतृ प्रसाइँले देशभरिका कार्यकर्ताको सुझावअनुसार अगाडि बढ्नुपर्ने बताएकी छिन् । उनले कांग्रेसलाई फाइदा हुने गरेर निर्णय लिन नेतृत्वलाई सुझाव दिएकी छिन् ।

इलाम कांग्रेसका सभापति खड्काले पार्टीको संगठनमा राम्रो काम गरेको बताएकी प्रसाइँले जिल्लाका सबै नेताहरूका बीच एकता रह्यो भने पूरै जिल्ला कांग्रेसको कब्जामा आउने बताएकी छिन् ।

यसैबीच, मंगलबार इलाम कांग्रेसको क्षेत्र नं. १ ‘क’ले माईजोगमाई गाउँपालिकाको नयाँबजारमा पार्टी कार्यालय उद्घाटन गरेको छ ।

पार्टी कार्यालयको उद्घाटन सह–महामन्त्री भीष्मराज आङदाम्बे, नेतृ प्रसाइँ, सभापति खड्काले संयुक्त रुपमा गरेका छन् ।

Published : Tuesday, 2022 March 22, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया