फिफा र यूईएफएको निर्णयले रुसलाई झड्का
लण्डन । फिफा र यूईएफएले रुसलाई फुटबलमा प्रतिबन्ध लगाएको छ ।
फुटबलका दुवै निकायले सूचना जारी गरेर रुसलाई तत्कालका लागि सबैखाले खेलमा प्रतिबन्ध लगाएको जनाएका छन् ।
रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउदै फिफा र यूईएफएले रुसमाथि प्रतिबन्ध गरेको छ ।
फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँगै सबै क्लबलाई समेत सबैखाले प्रतियोगितामा प्रतिबन्ध गरेको छ ।
प्रतिबन्धसँगै रुसले मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोटअन्तर्गतको प्ले अफ खेल खेल्न पाउनेछैन ।
रुसी क्लब मस्को युरोपा लिगबाट बाहिरिएको छ ।
Published : Tuesday, 2022 March 1, 12:33 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया