जुम्लामा दुई जनाको मृत्यु, कांग्रेस सरकारले खाद्यान्न र औषधि पठायो
तातोपानी । जुम्लाको तातोपानी गाउँपालिका– ८ को गाग्रे पाटनमा दुई जनाको मृत्यु भएको छ ।
जडीबुटी संकलन गरेर फर्किने क्रममा हिमपातको चिसोका कारण उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा तातोपानी– ८ की ३७ वर्षीया देवी शाही र वडा नं. ७ का ४६ वर्षीय मुन रावतको रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्दले जानकारी दिएका छन् ।
हिमपातका कारण ३४ स्थानीय दुई दिनदेखि पाटनमा अड्किएर बसेको डीएसपी चन्दले बताएका छन् ।
नेपाली कांग्रेस नेतृत्वको कर्णाली प्रदेशको सरकारले हेलिकोप्टरमार्फत पाटनमा केही दिनलाई पुग्ने खाद्य सामग्री तथा औषधि झारेको छ ।
जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइँले राहत झार्ने क्रममा २० जना पाटनमा देखापरेको जानकारी दिएकी छिन् ।
ठाउँ–ठाउँमा धुवाँ देखिएकाले अरू पनि सुरक्षित रहेको अनुमान गरिएको प्रसाइँले बताएकी छिन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया