बिकटका कार्यकर्ता भेट्न पुगे कांग्रेस नेता खतिवडा, चुनावको तयारीमा लाग्न आग्रह
ओखलढुंगा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले पार्टीका नेता कार्यकर्ताहरूसँग भेटघाट गरेका छन् ।
आइतबार खतिवडाले ओेखलढुंगाको खिजिदेम्बामा पार्टीका नेता कार्यकर्ताहरूसँग भेट गरेर समस्या र स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गरेका हुन् । खिजिदेम्वा बिकट गाउँपालिकामा पर्छ ।
नेता खतिवडाले स्थानीय तहको निर्वाचन आउन लागेको भन्दै निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् । ‘स्थानीय तहको निर्वाचन गर्ने तयारी भएको छ’, उनले भने, ‘प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पनि आउँदैछ । कांग्रेसलाई जिताउने गरेर हामी सबैले काम गर्नुपर्छ ।’
नेता खतिवडाले गाउँका जनताको कामका लागि आफू सधैँ साथमा रहेको बताएका छन् ।
नेता खतिवडाले ज्वरोको औषधि प्यारासिटामोल पनि गाउँपालिकालाई उपलब्ध गराएका छन् ।
खिजिदेम्बाका कांग्रेसका नेताहरू राम सुनुवार, देवबहादुर कँडेललगायतले कांग्रेसप्रति जनताको मोह बढेर आएको भन्दै आगामी चुनावमा कम्युनिस्टलाई जनताले भोट नदिने बताएका थिए ।
खतिवडाले लिखु, चम्पादेवी, सुनकोशीलगायतका स्थानमा पुगेर पार्टीका नेता कार्यकर्तासँग भेट गर्नेछन् । उनले प्यारासिटामोल पनि हस्तान्तरण गर्नेछन् ।



बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया