बंगलादेशमा अध्ययन गरेका सबै चिकित्सकद्वारा काउन्सिलको परीक्षा उत्तीर्ण
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको पोष्टग्राजुएट्स (पीजी) तहको लाइसेन्स परीक्षा (स्पेशल एक्जाम)को नतिजा प्रकाशित गरेको छ ।
परीक्षामा ७६.७६ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षा दिएका मध्ये २६ जना बंगलादेशबाट अध्ययन गरेर आएका चिकित्सकहरूले पीजी उत्तीर्ण गरेका छन् । बंगलादेशबाट चिकित्सा अध्ययन गरेर आएका शतप्रतिशट उत्तीर्ण भएपछि उनीहरूले खुसी साटेका छन् ।
औषधि व्यवसायी एवम् नेपाली कांग्रेसका युवा नेता डा.अबुल हुसैन अन्सारीले पीजी उत्तीर्ण गर्ने बंगलादेशबाट अध्ययन गरेर आएका चिकित्सक र अन्य सबैलाई बधाई एवम् शुभकामना दिएका छन् ।
परीक्षा ललितपुरको पुल्चोकस्थित इञ्जिनियरिङ अध्ययन् संस्थानमा शुक्रबार र शनिबार दुई दिन भएको थियो ।
काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीका अनुसार परीक्षाका लागि फारम भर्ने ७३४ भएपनि परीक्षामा ७२३ जना सहभागी छन् ।
परीक्षा दिएकामध्ये ५५५ जना पास भएका छन् । परीक्षामा ११ जना अनुपस्थित थिए ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया