लाखुरी भञ्ज्याङले युरोपलाई भुइलाइदियो, हिउँ परेपछि यस्तो देखियो काठमाडौं
लाखुरी भञ्ज्याङ । ललितपुर जिल्लाको लाखुरी भञ्ज्याङमा हिउँ परेर ढपक्कै छोपिएको छ ।
बिहीबार रातिबाट परेको वर्षातका कारण लाखुरी भञ्ज्याङमा आधा फिटसम्म हिउँ परेको हो । लाखुरी भञ्ज्याङमा हिउँ परेपछि स्थानीयहरूको ठूलो घुइँचो लागेको थियो ।
शुक्रबार काठमाडौं उपत्यकाबाट पनि उल्लेख्य सर्वसाधारणहरू हिउँमा खेल्न लाखुरी भञ्ज्याङ आएको स्थानीय युवा सुकुमान तामाङले जानकारी दिए ।
तामाङले भने, ‘लाखुरी भञ्ज्याङमा यस पटक निकै हिउँ परेको छ । आधा फिटसम्म हिउँ परेको छ । काठमाडौं उपत्यकाबाट हिउँमा खेल्न आउनेहरूको घुइँचो पनि देखियो ।’
लाखुरी भञ्ज्याङमा होटल माऊण्ट मोनाष्ट्रि टेरेस रिसोर्ट पनि छ । सो रिसोर्टमा पनि हिउँले ढपक्कै ढाकेको छ । रिसोर्टबाट काठमाडौं उपत्यकाको दृष्य निकै सुन्दर मनमोहक देखिएको थियो ।





बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया