ओखलढुंगा घर भएका पत्रकार राईको निधन
काठमाडौं । पत्रकार कमलराज राईको ४५ वर्षको उमेरमा निधन भएको छ ।
पत्रकार राईको बिहीबार हृदयघातबाट काठमाडौंमा निधन भएको परिवारजनले जनाएका छन् । राईलाई स्वास्थ्यमा समस्या भएपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको थियो ।
पत्रकार राईको उपचारका क्रममा निधन भएको आफन्तले जनाएका छन् ।
ओखलढुंगा जिल्लाको उबुमा स्थायी घर भएका पत्रकार राई विगत १८/१९ वर्षदेखि राजधानीमा पत्रकारिता गर्दै आएका थिए ।
राईले सौर्य दैनिक, माउन्टेन टेलिभिजन, सिटीपोष्ट दैनिक, कमाण्डर पोष्ट दैनिक, खम्बुवान पत्र, न्यूज अप्रेसन, नयाँसन्देश साप्ताहिक, साप्ताहिक आवाज लगायातका सञ्चारमाध्यममा काम गरेका थिए ।
उनले गोरखा सैनिक आवाज नामक पत्रिकाबाट पत्रकारिता सुरु गरेका थिए । राई पछिल्लो समय प्रभाव राष्ट्रिय दैनिकमा सम्पादकका रुपमा कार्यरत थिए । उनले आम सञ्चारमा स्नातकोत्तर गरेका थिए ।
पत्रकार राई नेपाल प्रेस युनियन निकट मानिन्थे । राई नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको कार्यसमिति सदस्य पनि हुन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया