कांग्रेसका वडा सभापति राई पक्राउ, पार्टीको नाम खराब गरे
काठमाडौं । प्रहरीले नेपाली कांग्रेसका वडा सभापति मिलनकुमार राईलाई पक्राउ गरेको छ ।
सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका– ७ का वडा सभापति राई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा सभापति राईलाई घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिएका छन् ।
राईविरुद्ध हातहतियार तथा खरखजनासम्बन्धी कसुरको अनुसन्धानमा मुद्दा परेपछि पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ ।
हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६ अनुसार कसुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवथा छ ।
Published : Thursday, 2022 February 3, 11:32 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया