नेता तिमिल्सिनाद्वारा गेरुवामा कम्युनिस्टका कार्यकर्तालाई कांग्रेसमा स्वागत
गेरुवा । बर्दिया जिल्लाको गेरुवा गाउँपालिका– ६ मनाउमा विभिन्न पार्टीका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
सोमबार मनाउमा आयोजित टोल कार्यसमिति गठन र पार्टी प्रवेश कार्यक्रममा युवा नेता जन्मजय तिमिल्सिनाले ६५ जनालाई कांग्रेसको पार्टी सदस्यता प्रदान गरेका हुन् । उनले नवप्रवेशीहरूलाई भव्य स्वागत गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तिमिल्सिनाले सो वडामा नयाँ कार्यसमिति समेत बनाइदिएका छन् ।
नेता तिमिल्सिनाले कांग्रेस नेतृत्वको सरकारले तीन वटा निर्वाचन गर्न लागेको भन्दै निर्वाचनको तयारीमा लाग्न समेत आग्रह गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने नेता तिमिल्सिनाले बताएका छन् ।







बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया