सीके राउतका समर्थकद्वारा घरेलु हतियारसहित प्रदर्शन, मधेशमा झडप
जनकपुरधाम । सीके राउतका अराजक कार्यकर्ताले जनकपुरधाममा घरेलु हतियारसहित प्रदर्शन गरेका छन् ।
बुधबार बिहान सीके राउतका समर्थकले जनमत पार्टीको नाममा घरेलु हतियारसहित प्रदर्शन गरेका हुन् । उनीहरूले बाँसको कप्टेराहरू बोकेर प्रदर्शन गरेका थिए ।
घरेलु हतियारसहित प्रदर्शन गर्ने क्रममा राउतका समर्थक र सुरक्षाकर्मीबीच झडप भएको छ ।
मधेश प्रदेशको राष्ट्रिय सभा निर्वाचनको लागि मतदानस्थल तोकिएको महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान, जनकपुरधामभित्र कार्यकर्ता छिर्न खोज्दा झडप भएको हो ।
केही प्रदर्शनकारीले हेलमेट लगाएका थिए । झडप हुन सक्ने त्रासका कारण टाउकोमा चोट नलागोस् भनेर राउतका समर्थकले बाँसको कप्टेराहरू बोकेर प्रदर्शन गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
राउतले मधेश प्रदेशका केही जिल्लाहरूमा किसान आन्दोलनका नाममा उत्पात मच्चाउँदै आएका छन् । शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार सबैलाई छ ।
तर, घरेलु हतियार बोकेर जनतालाई आतंकित बनाउने गरेर प्रदर्शन गर्ने अधिकार कसैलाई पनि छैन ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया