दाङको राजपुरमा कम्युनिस्ट समर्थक कार्यकर्ताहरू कांग्रेसमा प्रवेश
राजपुर । दाङको राजपुर गाउँपालिकामा केही युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस राजपुर गाउँपालिका वडा नं. २ को कार्यसमितिले आयोजना गरेको कार्यक्रममा एमाले, माओवादी केन्द्रका स्थानीय युवाहरू प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई केन्द्रीय सदस्य योगेन्द्र चौधरीले पार्टीमा स्वागत गरेका छन् ।
दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले नवप्रवेशी युवाहरूलाई केन्द्रीय सदस्य चौधरीले पार्टीका सदस्यता प्रदान गरेर स्वागत गरेको जानकारी दिए ।
त्यस क्रममा केन्द्रीय सदस्य चौधरीले एक वर्षभित्र तीन तहका निर्वाचन आउन लागेको भन्दै निर्वाचनको तयारीमा रहन आग्रह गरेका छन् ।
उनले कम्युनिस्टबाट दिक्क भएका जनताले कांग्रेसलाई तीन वटै निर्वाचनमा जिताउने बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य योगेन्द्र चौधरी, क्षेत्रीय सभापति भेषराज पाण्डे, नेता जानकीलाल बस्नेत, जिल्ला सचिव बालिका लम्साल, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, कांग्रेस नेतृ गिरिजा न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।




बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया