भारतविरुद्ध हर्कत गर्ने पाकिस्तानी युट्युब र सामाजिक सञ्जालमा प्रतिबन्ध
नयाँदिल्ली । भारतको सूचना एवम् प्रसारण मन्त्रालयले पाकिस्तानबाट सञ्चालित केही सामाजिक सञ्जाल अकाउन्टहरूमा प्रतिबन्ध लगाएको छ ।
पत्रकार सम्मेलन गरेर सूचना एवम् प्रसारण मन्त्रालयका सचिव अपूर्व चन्द्रले भारत विरोधी प्रोपागाण्डा गर्न चलाइएका युट्युब च्यानल, वेबसाइट, फेसबुक, इन्स्टाग्रामहरूलाई प्रतिबन्ध लगाएको बताएका छन् ।
३५ वटा युट्युब च्यानललाइ प्रतिबन्ध लगाएको छ । भारतले पाकिस्तानका दुई वेबसाइट, केही इन्स्टाग्राम अकाउन्ट र फेसबुक अकाउन्टलाई पनि भारतमा प्रतिबन्ध लगाएको छ ।
‘जबदेखि यो प्रक्रिया सुरु भएको छ धेरैभन्दा धेरै च्यानल ब्लक गरिएको छ’, उनले भनेका छन् ।
मिडियालाई मानिससम्म सन्देश पु¥याउनका लागि आग्रह गर्दै यदि मानिसलाई यस्ता च्यानलबारे थाहा भए यसबारे जानकारी दिन पनि उनले आग्रह गरेका छन् ।
यी सबै च्यानलमार्फत् भारतविरोधी प्रोपागान्डा, नक्कली खबर प्रसारित गरेको र अलगाववादी विचार भाव भएका खबर प्रेसित गरिरहेको उनले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया