कोरोनाको खोप अबैध कारोबार गरे कारबाही गर्ने
काठमाडौं । सरकारले कोरोनाभाइरसविरुद्धको खोप अवैधरूपमा बेचबिखन गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले सूचना जारी गरेर कोरोनाभाइरसविरुद्धको खोप अबैध रुपमा प्रयोग गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका हुन् । सरकारले खोप निःशुल्क लगाइरहेको बताए ।
उनले भनेका छन्, ‘अवैधरूपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानूनबमोजिम कडा कारबाही हुनेछ ।’
‘कोरोनाविरुद्धको खोप बेचबिखन भएको थाहा पाउने जो कोहीले स्थानीय प्रशासन, प्रहरी कार्यालय, पालिका वा स्वास्थ्य कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ’, उनले भनेका छन् ।
सरकारले खोप अभियान सञ्चालन गरी सबै नागरिकलाई खोप लगाइरहेको छ ।
अहिले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई र १८ वर्षभन्दा माथि सबैलाई खोप लगाइरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया