क्लासिक टेकको ‘नेक्स्ट जेनेरेशन’ वाइफाइ शुरु

काठमाडौं । क्लासिक टेक नेक्स्ट जेनेरेशनको प्रविधी वाइफाइ ६ को साथमा तक्षम वान जीबीपीएस इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ ।

क्लासिक टेकले विज्ञप्ति जारी गरेर नेपालमै पहिलो पटक वाइफाइ ६ का साथमा तक्षक १ जीबीपीएस इन्टरनेट प्रविधि भित्राउन लागेको जनाएको छ । यो नयाँ प्रविधिको अन्तिम परीक्षण भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

वाइफाइ ६ अन्तर्गत स्मार्ट कनेक्टभिटी बिमफार्मिङ एमयू–एमआईएमओ लगायतका सुविधाहरू रहनेछन् ।

सो प्रविधि अवलम्बन गरे पश्चात ग्राहकहरूले हाइ स्पिड इन्टरनेट प्रयोग गर्न सक्ने क्लासिक टेकले जनाएको छन् ।

वाइफाइ ६ प्रविधिअन्तर्गत इन्टरनेटको स्पिड ३ जीबीपएससम्म रहनेछ ।

पहिलो चरणमा क्लासिकटेकले १ जीबीपीएससम्मको ब्यान्डविथमा अन्तिम परीक्षण गरिरहेको छ ।

‘यसले कुनै विशेष डिभाइसमा वाइफाइ केन्द्रित गर्ने हुनाले बिना झन्झट प्रयोगकर्ताहरूले इन्टरनेट प्रयोग गर्न सक्षम हुनेछन्’, विज्ञप्तिमा उल्लेख छ ।

‘वाइफाइ ६ ले प्रयोगकर्ताहरूलाई मल्टिपल वायरलेस राउटरहरूबाट इन्टरनेट प्राप्त गर्न सम्भब हुने र यसले धेरै–प्रयोगकर्ता, धेरै–इनपुट, धेरै–आउटपुट प्रविधि हुनाले वाइफाइ राउटरलाई एकै साथ धेरै उपकरणहरूसँग समन्वय गर्न सम्भव रहनेछ जसका कारण कुने सिग्नलको लागि पर्खनु पर्ने समय घटाउँछ र वाइफाइ नेटवर्कको गति तिब्र बनाउनेछ’, क्लासिक टेकले उल्लेख गरेको छ ।

‘वाइफाइ ६ पश्चात क्लासिकटेकले नेपालमा हाल प्रयोग भैरहेका ड्युल ब्राण्डका राउटरहरू विश्थापित गराइ नेपालभर ट्री–ब्याण्ड राउटरहरू प्रयोगमा ल्याउनेछौं’, विज्ञप्तिमा भनिएको छ, ‘ट्राइ–ब्यान्डमा एउटा २ दशमलब ४ जीएजेड ब्यान्ड र दुई ५ जीएजेड ब्यान्डहरू गरी तिनवटा अलग अलग सिग्नल ब्यान्डहरूको कारण इन्टरनेट प्रयोगकर्ताहरूले थप उपकरणहरू जडान नगरी हाइस्पीड इन्टरनेट प्रयोग गर्न सक्षम रहनेछन् ।’

विज्ञप्तिमा भनिएको छ, ‘यो प्रविधि पश्चात ग्रहकहरूलाई बिना झन्झट, उच्च गतिको इन्टनेरट सेवा प्रदान गर्न क्लासिक टेक सक्षम रहने क्म्पनीले विश्वास लिएको छ ।’

Published : Tuesday, 2021 December 14, 6:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया