एन्फा अध्यक्ष शेर्पाको माग स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा एक बचनमा पूरा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग फुटबल खेलाडी र कर्मचारीहरूलाई कोरोनाविरुद्धको खोप लगाइदिन आग्रह गरेका छन् ।
राज्यमन्त्री श्रेष्ठलाई बुधबार बधाइ तथा शुभकामना दिने क्रममा अध्यक्ष शेर्पाले खेलाडी र कर्मचारीहरूलाई खोप दिन माग गरेका हुन् ।
राज्यमन्त्री श्रेष्ठले पनि फुटबल खेलाडी र कर्मचारीहरूलाई खोप दिनका लागि व्यवस्था गरिदिने आश्वासन दिएका छन् ।
राज्यमन्त्री श्रेष्ठले फुटबल खेलाडी तथा अफिसियलहरूलाई खेलस्थलमै कोरोनाविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएको एन्फाका अध्यक्ष शर्पाले बताएका छन् ।
एन्फाले भदौ १ गतेदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिताको आयोजना गर्दैछ । त्यसपछि कात्तिक २९ गतेदेखि ‘ए’ डिभिजन लिगको हुनेछ ।
नेपाली कांग्रेसको तर्फबाट स्वास्थ्य राज्यमन्त्री बनेका श्रेष्ठले फुटबल खेलाडी र अफिसियलहरूलाई खोप दिने भएपछि एन्फाका अध्यक्ष शेर्पा खुसी भएका छन् । एन्फाका अध्यक्ष शेर्पा पनि नेपाली कांग्रेसका नेता हुन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया