कोरोना महामारीविरुद्ध गृहमन्त्री खाणले गराए समय मै सहि निर्णय

काठमाडौं । केन्द्रीय सुरक्षा समितिले कोरोना महामारीविरुद्ध ४ बुँदे निर्णय गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले कोभिड– १९ को तेस्रो लहर बढ्ने सम्भावना उच्च र यसलाई रोकथाम तथा नियन्त्रण गर्ने निर्णय गरेको हो ।

जनताको स्वास्थ सम्बन्धि स्वास्थ सामग्रीलाई सहज व्यवस्थापन तथा कालोबजारीलाई नियत्रण गर्ने निर्णयसमेत गरेको गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिएका छन् ।

बैठकले बाडीपहिरो र डुबानमा परेका समुदायहरूलाई राहत, उद्दार, नियत्रण स्वास्थ तथा खाद्य सामग्री सहजी कारण गर्न हेली व्याथापन गर्नेसमेत निर्णय गरेको हो ।

पछिल्लो समय साइबर क्राइमका घटना बढिरहेकाले त्यसलाई मध्यनजर गर्दै नियन्त्रण तथा व्यवस्थापन गर्नेसमेत केन्द्रीय सुरक्षा समितिको बैठकको निर्णय छ ।

समितिले गरेको निर्णयमा साइबर क्राइम बढेको र व्यवस्थापन एवं नियत्रण गर्ने उल्लेख छ ।

बैठकमा गृहमन्त्री खाणका साथै गृहसचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, रक्षा मन्त्रालयका कायम मुकायम सचिव आलोकचन्द्र श्रेष्ठ, गृह मन्त्रालयका प्रवक्ता फसणन्द्रमणि पोखरेललगायत उपस्थित रहेको थियो ।

Published : Sunday, 2021 July 25, 11:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया