कांग्रेसको यातायात व्यवसायी विभागद्वारा ७ संयोजक मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् यातायात ब्यवसायी समन्वय विभागका प्रमुख महेन्द्र यादवले विभागको प्रदेश संयोजकहरू तोकेका छन् ।

विभागका सचिव प्रसन्नमान श्रेष्ठले ७ वटा प्रदेशमा विभागका संयोजकहरू मनोनयन गर्ने निर्णय भएको जानकारी दिए ।

विभागका प्रमुख यादवले प्रदेश १ मा देवेन्द्रकुमार राई, प्रदेश २ मा ओमकृष्ण कार्की, बागमती प्रदेशमा योगेन्द्रनाथ कर्माचार्यलाई संयोजकको जिम्मेवारी दिएका छन् ।

गण्डकी प्रदेशमा केदार पौडेल, लुम्बिनी प्रदेशमा सुरेश हमाल, कर्णाली प्रदेशमा रमेशकुमार सापकोटा र सुदूर पश्चिम प्रदेशमा विजयबहादुर स्वाँरलाई संयोजकको जिम्मेवारी दिइएको सचिव श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Saturday, 2021 July 24, 11:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया