ओली नेतृत्वको एमालेलाई नङ्ग्याएर सिंहले कांग्रेसको इज्जत बढाए, नेम्वाङलाई औकात सिकाइदिए

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवालाई निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीले अन्तिम प्रधानमन्त्री भनेर सम्बोधन गरेको कुरा एमालेलाई स्मरण गराइदिएका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सम्धोन गर्ने क्रममा नेता सिंहले झण्डै दुईतिहाइको बहुमत हुँदा पनि आफ्नै पार्टी मिलाएर सरकार चलाउन नसकेको भन्दै एमालेका नेताहरूलाई खुइल्याइदिएका हुन् । उनले एमाले संदीय दलका उप–नेता सुवास नेम्वाङको नैतिकतामा प्रश्न उठाएका छन् ।

‘आफूलाई संविधानविद् भन्नुहुन्छ, कानूनविद् भन्नुहुन्छ’, नेम्पाङतिर संकेत गर्दै कांग्रेसका सांसद सिंहले भने, ‘संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री चयन हुँदा परामादेशबाट भन्नुहुन्छ ।’

सांसद सिंहले संविधानसभाको अध्यक्षसमेत भएर काम गरेको मान्छेबाटै संविधानका विषयमा अनविज्ञता प्रकट हुनु आश्चार्यजनक रहेको बताएका छन् ।

‘उहाँ त संविधानसभाको अध्यक्ष पनि हुनुहुन्थ्यो, अब संसद मर्दैन पनि उहाँ नै भन्नुहुन्थ्यो’, सांसद सिंहले भने, ‘संविधानको धारा ७६(५) लेख्दा उहाँ कहाँ हुनुहुन्थ्यो ?’

सांसद सिंहले नेम्वाङलाई प्रश्न गर्दै भने, ‘आफूलाई संविधानविद्, कानूनविद् भनेर संविधानमा नभएका कुरा गर्दै हिड्न पाइन्छ ?’ सिंहले जिम्मेवार व्यक्तिबाट जिम्मेवार भूमिका निर्वाह भएन भने त्यसले गलत परिणाम दिने बताएका छन् ।

‘यो सरकार परमादेशको भएकाले जनादेश छैन भन्नुहुन्छ’, सिंहले भने, ‘संसदले विश्वास दिएको होइन शेरबहादुर देउवालाई, त्यो परमादेश हो कि जनादेश हो ।’

उनले प्रधानमन्त्री देउवाले जिम्मेवारी सम्हालेकै दिनदेखि खोप–खोप–खोप भनेर जनतालाई कोरोनाविरुद्धको खोप दिने भनिसकेको बताए । नेता सिंहले करप्सनको भाइरसलाई पनि देउवाले नियन्त्रण गर्ने बताएका छन् ।

कांग्रेसका सांसद सिंहले जनप्रतिधिले दिएको जनमत पनि जनादेश हो भनेका छन् । एमालेको संसदीय दलका उप–नेता नेम्वाङले संविधान र सर्वोच्च अदालतको फैसालको उलट पुलट गरेर अर्थ लगाएपछि कांग्रेसका सांसद सिंहले एमालेका नेताहरूलाई औकात स्मरण गराइदिएका हुन् ।

नेता सिंहले कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाविरुद्ध नेम्वाङले जथाभावी टिकाटिप्पणी गरेपछि त्यसको खण्डन गर्दै बचाउ गरेका छन् ।

Published : Friday, 2021 July 23, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया