प्रधानमन्त्री देउवाले उठाउन सक्ने यो कदमबाट ओली डरले थुरुरु, धुलोपिठो बन्ने खतरा

काठमाडौं । संविधान विपरितका हर्कत गरेको भन्दै सर्वोच्च अदालतले सचेत गराएका बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर हटाउने चर्चा चलिरहेका बेला एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई चिन्ता बढेको छ ।

बुधबार बसेको एमालेको स्थायी कमिटीको बैठकमा बोल्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउने कार्य नगर्न चेतावनी दिएका छन् ।

उनले राष्ट्रपति भण्डारीबिरुद्ध महाअभियोग ल्याउने असम्भब सपना नदेख्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिएका हुन् ।

ओलीले सर्वोच्च अदालतको फैसलालाई प्रतिगमन भनेका छन् । ओलीले माधव नेपाल समूहको असन्तुष्टिलाई माउसुलीको पुच्छरको संज्ञा दिएका छन् ।

ओलीले एमालेको बिभाजन गर्न अध्यादेश ल्याउने तयारी भइरहेको समेत बताएका छन् । ओलीले एक वर्ष अगाडि लकडाउनका बेला पार्टी विभाजनको अध्यादेश ल्याएका थिए । नेपाली कांग्रेससहितका दलहरूले अध्यादेशको विरोध गरेपछि ओलीले फिर्ता लिएका थिए ।

अहिले आफ्नो पार्टी एमाले फुट्ने अवस्था आएपछि ओली सबैभन्दा धेरै डराएका छन् । ओलीले पार्टी विभाजनसम्बन्धी अध्यादे प्रधानमन्त्री देउवाले नल्याइदिए हुन्थ्यो भन्ने पक्षमा छन् ।

पार्टी विभाजनसम्बन्धी अध्यादेश आयो भने एमाले विभाजन हुनेछ । त्यो अवस्थामा एमालेका अध्यक्ष ओलीको राजनीति धुलापिठो हुने पक्का छ । राष्ट्रपति भण्डारीलाई महाअभियोग लागेपछि पनि ओलीको चिन्ता झन् बढेर जानेछ ।

Published : Thursday, 2021 July 22, 9:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया