विमलेन्द्र निधीले गरे यो हदसम्मको कांग्रेस सिध्याउने हर्कत, प्रदेश २ बाटै लखेट्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका निर्वाचित सांसद अमरेशकुमार सिंहले उप–सभापति विमलेन्द्र निधीको हर्कतले आजित भएपछि नेतृत्वलाई दवाव बनाउन सांसद पदबाट राजीनामा दिएका छन् ।

निधीले प्रदेश २ मा पार्टीभित्र औकातभन्दा बढी गलत हर्कत गरेपछि सिंहले विरोधमा बुधबार सांसद पदबाट राजीनामा दिएका हुन् । निधीलाई प्रदेश २ बाट लखेट्ने गरेर नेता सिंहले अभियान शुरु गरेका छन् ।

पार्टीको प्रदेश २ मा उप–सभापति निधीको काम र व्यवहारप्रति सांसद सिंहले असन्तुष्टि जनाएका छन् ।

‘महाधिवेशनेको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वतरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवाञ्छित, अस्वभाविक र भद्दा प्रवृत्तिले नेपाली कांग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा गरेको छ’, नेता सिंहले राजीनामा पत्रमा भनेका छन् ।

‘खासगरी प्रदेश नं. २ मा उप–सभापति विमलेन्द्र निधीले अवलम्बन गर्नुभएको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको छ’, सिंहले भने, ‘विगत दुई दशकदेखि प्रदेशमा कांग्रेसको प्रभाव तथा हैसियत ह्रासोन्मुख हुनुलाई संयोग मात्र मान्न सकिँदैन ।’

‘पार्टीलाई आफ्नो काबुमा राख्ने निहीत उद्देश्यबाट प्रेरित भइ नेतृत्व तहकै जिम्मेवार नेताबाट गैह्रजिम्मेवार व्यवहार प्रस्तुत हुँदा आम निष्ठावान कार्यकर्तामा निराशा बढेको छ’, उनले भने, ‘प्रदेशमा कांग्रेस पार्टीको स्थिति थप रक्षात्मक अवस्थामा पुग्ने खतरा पनि पैदा गरिएको छ ।’

उप–सभापति निधीले १४औँ महाधिवेशनमा पार्टी सभापतिका लागि उम्मेदावर बन्ने घोषणा गरेका छन् । निधीले आफ्नो पक्षमा महाधिवेशन प्रतिनिधिहरू धेरैभन्दा धेरै बनाउन प्रदेश नं. २ मा हर्कतहरू गर्दै आएका छन् । प्रदेश २ मा निधीको सामान्य प्रभाव छ ।

आफ्नै गृहजिल्ला महोत्तरीमा निधी संकटमा छन् । निधीको हर्कतबाट प्रदेश २ मा कांग्रेसले ठूलो नोक्सानी ब्यहोर्नु परेको छ । अझै पनि निधीमा सुधार नहुँदा कांग्रेसलाई नोक्सानी हुनेछ ।

कांग्रेस नेता सिंह सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित भएका हुन् । सिंहले सभामुखलाई बुझाउनुपर्ने राजीनामा पत्र प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई बुझाएका छन् ।

कम्युनिस्टहरू र मधेस केन्द्रित दलहरू दब्दबा रहेका बेला सर्लाहीबाट सिंहले आफ्ना प्रतिद्वन्द्वीलाई हराएर जितेका थिए ।

Published : Wednesday, 2021 July 21, 10:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया