राजेन्द्र महतो मन्त्री बन्न खुट्टा उचालेर तयार, देउवाले बालमतलब गरेनन्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ठाकुरबीच भेटवार्ता भएको हो । भेटमा ठाकुरले नागरिकता विधेयक, संविधान संशोधन, रेशमलाल चौधरीको रिहाइ लगायतका माग राखेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवाले ठाकुरलाई कुरा गर्न बालुवाटार बोलाएका थिए । त्यस क्रममा सरकारमा सहभागी हुन ठाकुर नेतृत्वको जसपालाई देउवाले आग्रह गरेका छन् । ठाकुर समूहभित्र सरकारमा जान नेताहरूको दवाव छ । ठाकुर समूहले मन्त्रालयमा बार्गेनिङ गर्दै आएको चर्चा छ ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने क्रममा ठाकुरले निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीको प्रशंसा गरेका थिए ।

ओली सरकारमा सहभागी भएको ठाकुर समूहलाई सर्वोच्च अदालतले दुई हप्ताभित्रै सरकारबाट फालिदिएको थियो । ओलीको पछि लाग्दा सत्ताको स्वाद लामो समय पाउन नसकेको ठाकुर समूहले अहिले आएर देउवा सरकारमा आफूलाई सहभागी गराउन खोजीरहेको छ ।

पार्टीमा एक्लिएर सानो आकारमा पुग्ने अवस्था सिर्जना भएपछि ठाकुर समूहले देउवालाई विश्वासको मत दिएको थियो ।

ठाकुर समूह सकारमा जान अतुर रहेका बेला राजेन्द्र महतो खट्टा उचालेर बसेका छन् । महतोले उप–प्रधानसहितका आकर्षक मन्त्रालयको माग गरिरहेको स्रोतको भनाइ छ । ओली सरकारमा महतो उप–प्रधान र शहरी विकास मन्त्री थिए ।

देउवाले ठाकुर समूहलाई सरकारमा सहभागी हुन आग्रह गरेपनि महतोप्रति सकारात्मक छैनन् । महतोलाई अवसरवादी नेताका रुपमा सबैले आरोप लगाउने गरेका छन् । महतोले देउवालाई भेटेर कुरा गर्न खोजे पनि देउवाले महतोलाई भेट्न मन गरेका छैन । भेट्न समय दिएका छैनन् ।

Published : Wednesday, 2021 July 21, 4:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया